चितवन । भरतपुर महानगरपालिकाले नगरसभाको पूर्वसन्ध्यमा विज्ञसँग सुझाव संकलन गरेको छ । भरतपुर महानगरपालिकाको आगामी असार १० गते ११ औँ नगरसभा हुँदैछ । शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपत्र प्रस्तुत गरेकी थिइन।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उर्जामन्त्री पम्पा भुसाल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्रीहरु,विभागका महानिर्देशक, मन्त्रालयका सचिव तथा विज्ञहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा भरतपुरबासीसँग अबको भरपतुरको विकासमा कुन कुन विषय समावेश गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गरिएको थियो । यस्तै भरतपुरको विकासमा आवश्यक समवन्य गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध पनि गरिएको छ ।कार्यपत्र प्रस्तुत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा गरेका प्रतिवद्धता अबको भरतपुर महानगरपालिको कार्यदिशा हुने बताइन ।
मेयर दाहालले प्रस्तुत गरेको कार्यपत्रमा महानगरमा निर्माणधिन योजनाको निरन्तरता र केही बाँकी रहेका महत्वपूर्ण कार्यहरु प्रथामिकतामा रहेको छ । कार्यपत्रमा समावेश नभएका विषयहरुलाई प्रथामिकताको आधारमा नीति तथा कार्यक्रम र नगरसभामार्फत सम्बोधन गरिने उनले बताइन।
मेयर दाहालले महानगरपालिकाको प्राथमिकता व्यवस्थित ढल विकास सञ्जाल निर्माण, राप्ती तथा नारायणी नदीको तटबन्धको पूर्णता, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेटशालाको पूर्णता, एरपोर्ट विस्तार, महानगरपालिका प्रशासनीय भवन निर्माण, नरायणीमा सिग्नेचर पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने पक्की पुल निर्माण गर्ने रहेको बताइन ।
त्यस्तै उनले शीत भण्डार निर्माण, राप्ती तटबन्ध, ओभरहेड ब्रीज, ट्राफिक लाइट, स्मार्ट सत्ता चालन, अटो ल्यान्ड, नगर स्तरीय पार्क, देवनगरीय विद्युत सवस्टेशन लाईन निर्माण भरतपुरको प्रथामिकतामा रहेको उल्लेख गरिन ।
यी सबै गौरवका योजना समयमै निर्माण गर्नका लागि स्रोत सुनिश्चिताका लागि संघीय सरकार र बागमती प्रदेश सरकारलाई आह्वान समेत गरिन।त्यसैगरी महानगरपालिको फोरर व्यवस्थापनको लागि कोरीयन सरकारलाई जीटू जी विधिद्वारा भएको सम्झौता कार्यान्वनको पहल गर्न संघिय सरकारलाई अनुरोध पनि गरिन।
मेयर दाहालले भरतपुर महानगरपालिकाले अबको पाँच वर्षमा सीपलाई, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको ख्याल गरी शैक्षिक कार्यक्रम अघि बढाउने गरी महानगरपालिका अघि बढ्ने बताइन। उनले सबै उत्पादनलाई ब्राण्डिंग गरि ’मेड इन भरतपुर’ को अभियान चलाइने पनि बताइन ।
उनले स्र्माट सिटीको सूचक पुरा गर्ने गरी शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, डिजिटलाईजेसन हुने उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असार २०७९, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न