चितवन । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय चितवनर र ट्राफिक कार्यालय चितवनलाई हस्तान्तरण गरे।
जिल्ला प्रहरी कार्यालय चितवनलाई गम बुट १ सय जोर, हेलमेट १ सय थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान वितरण गरिएको जिन्सी शाखा प्रमुख झलक कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै ट्राफिक कार्यालय चितवनलाई गम बुट ५० जोर, हेलमेट ५० थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।
सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन् ।
हस्तान्तरण गरिएका सामाग्री खोज तथा उद्दारका छन् । ७ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको बताइएको छ । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ