चितवन l अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ ।
भोलि बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । महानगरले यस अविधमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी–पोखरीहरुमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरुम अनुरोध समेत गरेको छ ।
केहीदिन देखि अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुँदै गइरहेको छ भने बालबालिकाहरुलाई समेत पठनपाठनमा समस्या भइरहेको गुनासो आएपछि यो निर्णय गरिएको आचार्यले बताउनुभयो । महानगरको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार प्रतिकुल मौषमको अवस्था हेरी ४ दिन बिदा दिन सकिने व्यवस्था अनुसार सोही बिदामा समायोजन गर्ने गरी बिदा दिईएको आचार्यले बताउनुभयो । चितवनमा आजको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना