जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १५ : ४०
जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरूमा रुपान्तरणको चाप बढाएको बताउँदै त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस