एजेन्सी । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।
यूएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन। भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको छ।
भूकम्पपछि हिन्द महासागर सुनामी चेतावनी केन्द्रले भूकम्पबाट उत्पन्न हुने सम्भावित सुनामीको कुनै खतरा नभएको बताएको छ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको तथा यो झट्काले सुनामी निम्त्याउने सम्भावना नभएको बताएको छ।
इन्डोनेसिया, दक्षिणपूर्व एसियाको एक विशाल द्वीपसमूह, प्रशान्त क्षेत्रमा अवस्थित भएको कारण बारम्बार भूकम्पको सामना गर्ने गरेको जनाइएको छ।
जनवरी २०२१ मा सुलावेसी टापुमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा एक सय भन्दा बढीको ज्यान लिनुका साथै हजारौँलाईं घरबारविहीन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ मंसिर २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प