चितवन। चितवनको भरतपुर महानगरपालिका–४, चौबिसकोठी–रामपुर सडकखण्डअन्तर्गत सृष्टिचोकमा बिहानको मर्निङ वाकमा निस्किएका कृष्णप्रसाद कण्डेल लाई अज्ञात मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान करिब ५ः१० बजे भएको उक्त घटनामा मोटरसाइकल चालक भने ठक्कर दिएर फरार भएका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले विभिन्न अनुसन्धान प्रविधि, सयौँ सिसिटिभी फुटेज तथा दर्जनौँ मोटरसाइकलहरूको विश्लेषण गर्दै फरार मोटरसाइकल तथा चालकको पहिचान गर्न सफल भएको जनाएको छ।
अनुसन्धानका क्रममा दुर्घटनामा प्रयोग गरिएको ना ३७ प ८५३० नम्बरको मोटरसाइकल तथा चालकको रूपमा गोरखा नगरपालिका–१३ का २७ वर्षीय सुनिल गुरुङलाई प्रहरीले काठमाडौँको बौद्ध क्षेत्रमा लुकेर बसेको अवस्थाबाट फेला पारेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूको सहयोगमा सो मोटरसाइकलसहित गुरुङलाई मंसिर ९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा सवारी अङ्गभङ्ग सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ
जेनजी आन्दोलनबाट ८४ अर्ब ४५ करोड क्षति
चितवनमा ब्राउन सुगरसहित ८ जना पक्राउ
चितवनमा गाईको मासु काट्दै गरेका ६ जना नियन्त्रणमा
पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ
जेनजी भन्दै विभिन्न सरकारी कार्यालयमा गएर आतंक मच्चाउने अर्जुन शाही प्रकाउ परेका छन्