काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वकीय सचिवालयमा व्यापक हेरफेरको तयारी थालेकी छिन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार स्वकीय सचिवालयमा रहेका विवादित व्यक्तिहरू हटाउने तयारी थालेकी थिइन्।
‘जेन-जी’ आन्दोलनको जगमा बनेकी प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमती र नातेदारलाई सचिवालयमा जागिर खुवाएको विषय स्वास्थ्य लाइभले खुलासा गरेको थियो। स्वास्थ्य लाइभले ‘जेन-जी’ आन्दोलनका घाइते र शहीद परिवारका नाममा आदर्शकी श्रीमती संगितासहित नातेदार कमला श्रेष्ठ, पुनम श्रेष्ठ, रविना श्रेष्ठलाई प्रधानमन्त्री जागिर खुवाएका विषय सार्वजनिक भएसँगै विवाद सिर्जना भएको थियो। त्यसैका कारण प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ।
‘जेन-जी’हरूले आदर्शलाई बर्खास्त गर्न माग राख्दै आन्दोलन सुरू गरेका छन्। उक्त विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्कीले स्वकीय सचिवालयमा व्यापक हेरफेर गर्ने तयारी गरेको स्रोतले बतायो। आदर्शको विषयमा टुंगो नलागिसके पनि अन्य स्वकीय सचिवालयका व्यक्तिहरूलाई हटाउने तयारी भइरहेको प्रधानमन्त्री कार्की निकट स्रोतको भनाइ छ। ‘सेटिङ मास्टर’ आदर्शलाई हटाउन चर्को दबाब परिरहेको छ।
प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव (विशिष्ट श्रेणी)मा आदर्श रहेका छन्। स्वकीय सहसचिव (प्रथम श्रेणी)मा आदर्शकी श्रीमती संगिता र नातेदार कमलाले जागिर खाएका छन्। स्वकीय शाखा अधिकृतमा रमेश राज दाहाल, अर्जित खड्का, आकृति घिमिरे र केशव थापा (फोटोग्राफर) रहेका छन्।
प्रशासन सहायकमा आदर्शकी भाञ्जी पुनम श्रेष्ठसहित रविना श्रेष्ठ, जुनु कार्की, सृष्टी डंगोल, एन्जलिना कायस्थ, रहेका छन्। हरिबाबु श्रेष्ठ सवारी चालक र मिरा अधिकारी कार्यालय सहयोगी रहेका छन्। ६ सदस्यीय सल्लाहकार र विज्ञ समूह बनाएकी प्रधानमन्त्री कार्की १४ सदस्य स्वकीय सचिवालय बनाएकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?