काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जेड आन्दोलनका नाममा सडकमा माओवादी केन्द्र, रास्वपाका कार्यकर्ताहरू देखिएको र सम्पूर्ण योजना बनाएर दुर्गा प्रसाईँ सैनिक मुख्यालयमा लुकेको आरोप लगाएका छन् ।
एमालेको बनेपा नगर कमिटीद्वारा आयोजित भेला तथा वृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो आरोप लगाएका हुन्।
उनले भने– ‘जेन जी आन्दोलनमा) योजना बनाइदिए, नेताहरू संलग्न छैनन् । नभएकै भन्नुपर्छ । त्यहाँ को देखिन्छन् ? माओवादीको वाईसीएल देखिन्छ, माओवादीको विद्यार्थी संगठन देखिन्छ । फाट्टफुट्ट बाहिरतिर गाडीको चाल देखिन्छ, तर नेताहरू देखिँदैनन् । हामी स्वतन्त्र पार्टीको कुरा गरिरहेका छौँ । उनीहरूको देशभरिको सञ्जाल त्यो दुई दिनको घटनामा संलग्न भएको देखिन्छ। राजावादीहरूको संलग्नताको कुरा गर्ने हो भने दुर्गा प्रसाईँ सबै योजना बनाएर आफू संलग्न छैन भन्ने देखाउनका लागि सैनिक मुख्यालय गएर बसे । त्यो पनि योजनाकै पार्ट हो भन्ने कुरा बुझ्नुपर्छ । यदि सेनाको मुख्यालयमा गएर बसेपछि यो संलग्न छैन भन्न पाइयो । व्यावसायिक भवनहरूमा लुटपाट र आगजनीको नेतृत्व गरेको शक्तिको खोजी गर्ने हो भने राजावादीहरू देखिन्छन् ।’
पोखरेलले पश्चिमा पुँजीवादीहरूले सूचना र प्रविधिको विकासलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने योजनाअन्तर्गत प्रविधिसँग हुर्किएको पुस्ताको नामाकरण ‘जेन जेड’ गरेको भन्दै स्मार्ट फोन प्रयोग गर्दै हुर्किएका पुस्तामार्फत वितण्डा मच्चाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल