काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीभित्रको धुव्रिकरण र विभाजनको चक्र तीव्र भईरहेको छ । १२ बाम घटक शक्तिहरुलाई मिलाएर प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि ती घटकहरुबाट चोइटिएका साना तिना समुहले पनि अन्य वाम समुहलाई धुव्रिकरणको कोसिस गरिरहेका छन् ।
माधव नेपालहरुसहित पार्टी एकता गर्दा प्रचण्डबाट चोइटिएर अलग भएका जनार्दन शर्माले बाबुराम भट्टराई, सन्तोष परियारहरुसहित एकता गरिसकेका छन् । उता माधव नेपालहरुबाट चोइटिएका घनश्याम भुषालले पनि नेकपा संयुक्तको सानो समुहसँग पार्टी एकताको अन्तिम तयारी गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले भोलि बिहिबार जसपाबाट राजेन्द्र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्राउँदै गर्दा घनश्याम भुषालले पनि चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तसँग एकता गर्ने तयारी गरेका छन् । भुषालले पनि जोशीको नेकपा संयुक्तसँग भोलि नै पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गदैछन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा (समाजवादी) लगायत १२ वाम शक्तिहरुले कात्तिक ९ मा नेपाली कम्युनिष्ट पार्टी बनाएका थिए । त्यसपछि अन्य साना वाम शक्तिहरु पनि धुव्रिकृत हुने क्रम चलिरहेको छ ।
जसपाका नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिमलाई भोलि दिउँसो १ बजे राष्टिय सभा गृहमा एक कार्यक्रम गरी नेपाली कम्युनिष्ट पार्टीले पार्टी एकतामा सहभागी गराउँदैछ ।
त्यही समय आसपास घनश्यामले पूर्व मन्त्री समेत रहेका बयोवृद्द नेता चन्द्रदेव जोशी नेतृत्वको समुहलाई आफनो पार्टीमा समाहित गदैंछन् । वाम घटकबीच एकता र रूपान्तरणका निम्ति चलाएको वार्ताको फलस्वरूप जोशी नेतृत्वको पार्टीसँग घनश्याम भुषाल नेतृत्वको पार्टीवीचको एकताको टुंगो लागेको भुषालनिकट नेता अमृतसागर बस्नेतले जानकारी दिए ।
भुषाल नेतृत्वको पार्टीसँगको एकताको औपचारिक घोषणा बिहीबार दिउँसो १२ बजे एक पत्रकार सम्मेलनबाट गरिने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग