काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीभित्रको धुव्रिकरण र विभाजनको चक्र तीव्र भईरहेको छ । १२ बाम घटक शक्तिहरुलाई मिलाएर प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि ती घटकहरुबाट चोइटिएका साना तिना समुहले पनि अन्य वाम समुहलाई धुव्रिकरणको कोसिस गरिरहेका छन् ।
माधव नेपालहरुसहित पार्टी एकता गर्दा प्रचण्डबाट चोइटिएर अलग भएका जनार्दन शर्माले बाबुराम भट्टराई, सन्तोष परियारहरुसहित एकता गरिसकेका छन् । उता माधव नेपालहरुबाट चोइटिएका घनश्याम भुषालले पनि नेकपा संयुक्तको सानो समुहसँग पार्टी एकताको अन्तिम तयारी गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले भोलि बिहिबार जसपाबाट राजेन्द्र श्रेष्ठसहितका नेताहरुलाई पार्टीमा भित्राउँदै गर्दा घनश्याम भुषालले पनि चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तसँग एकता गर्ने तयारी गरेका छन् । भुषालले पनि जोशीको नेकपा संयुक्तसँग भोलि नै पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गदैछन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा (समाजवादी) लगायत १२ वाम शक्तिहरुले कात्तिक ९ मा नेपाली कम्युनिष्ट पार्टी बनाएका थिए । त्यसपछि अन्य साना वाम शक्तिहरु पनि धुव्रिकृत हुने क्रम चलिरहेको छ ।
जसपाका नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिमलाई भोलि दिउँसो १ बजे राष्टिय सभा गृहमा एक कार्यक्रम गरी नेपाली कम्युनिष्ट पार्टीले पार्टी एकतामा सहभागी गराउँदैछ ।
त्यही समय आसपास घनश्यामले पूर्व मन्त्री समेत रहेका बयोवृद्द नेता चन्द्रदेव जोशी नेतृत्वको समुहलाई आफनो पार्टीमा समाहित गदैंछन् । वाम घटकबीच एकता र रूपान्तरणका निम्ति चलाएको वार्ताको फलस्वरूप जोशी नेतृत्वको पार्टीसँग घनश्याम भुषाल नेतृत्वको पार्टीवीचको एकताको टुंगो लागेको भुषालनिकट नेता अमृतसागर बस्नेतले जानकारी दिए ।
भुषाल नेतृत्वको पार्टीसँगको एकताको औपचारिक घोषणा बिहीबार दिउँसो १२ बजे एक पत्रकार सम्मेलनबाट गरिने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले दोलखाका पूर्वसचिव भरत दुलाल नेकपामा प्रवेश
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
सातै प्रदेशमा सन्देश सभा आयोजना गर्दै नेकपा
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेन जेड सहभागिता सुनिश्चित