रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, ०८ : ३६
रास्वपाले बृहत् राजनीतिक संवादमा किन बोलाउन चाहेन कुलमान घिसिङलाई ?

काठमाडौं । विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज शुक्रबार वैकल्पिक राजनीतिक शक्तिहरुका बीचमा बृहत राजनीतिक सम्वाद आयोजना गर्न लागेको छ । पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई यस्तो सम्वाद आयोजना गर्न संयोजनकारी जिम्मा दिएको छ ।

गत भदौं २३ र २४ को जेन जी पुस्ताको आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकसित भएका छन् । कांग्रेस, एमाले र माओवादी शक्तिको विकल्पमा रास्वपाले आफुलाई मात्र बैकल्पिक शक्ति दावी गदैं आएको थियो । तर, नयाँ नयाँ शक्तिहरु बैकल्पिक रुपमा देखा पर्न थालेपछि रास्वपामा तरंग छ ।

जेनजी पुस्ताको आन्दोलनपछि ललितपुरको नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई छोडाउन गरिएको हर्कतले रास्वपालाई धक्का लागेको छ । पार्टीभित्रकै नेताहरु सुमना श्रेष्ठ लगायतको विद्रोह, पार्टीभित्र देखा पर्न थालेको चरम गुटले रास्वपालाई आगामी चुनाव सजिलो देखिएको छैन । यही यथार्थवोध बुझेर रास्वपाले कुलमान घिसिङदेखि वालेनसम्मलाई मिलाउने गृहकार्य र छलफल जारी छ । 

धरानका मेयर हर्क साम्पाङले राष्ट्रिय श्रम सस्कृति पार्टी, कुलमान घिसिङले नयाँ पार्टी निर्माणको तयारी र काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लगायतको अर्काे बैकल्पिक शक्ति र जेनजी पुस्ताभित्रैबाट पनि नयाँ पार्टी निर्माणको गृहकार्य देखेपछि रास्पपालाई अप्ठ्यारो आईलागेको छ ।

जनेजी पुस्ताको आन्दोलनपछि ललितपुरको नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई छोडाउन गरिएको हर्कतले रास्वपालाई धक्का लागेको छ । पार्टीभित्रकै नेताहरु सुमना श्रेष्ठ लगायतको विद्रोह, पार्टीभित्र देखा पर्न थालेको चरम गुटले रास्वपालाई आगामी चुनाव सजिलो देखिएको छैन । यही यथार्थवोध बुझेर रास्वपाले कुलमान घिसिङदेखि वालेनसम्मलाई मिलाउने गृहकार्य र छलफल जारी छ । 

नयाँ बैकल्पिक शक्तिहरुका आआफना समुह र पार्टी हुादा जनमत बाँडिने र त्यसको फाइदा फेरि पनि कांग्रेस, एमाले र माओवादी जस्ता पार्टीले नै लिने देखेपछि रास्वपा स्वतन्त्र र नयाँ धार निर्माणमा लागेका पार्टी, समुह वा ब्यक्तिहरुलाई एउटै रास्वपाको छाताभित्र समेटने गृहकार्यमा जुटिरहेको छ । 

त्यही क्रममा कुलमान घिसिङलाई सभापति बनाएर भएपनि एकता गर्नुपर्ने मत पनि रास्वपाभित्र पनि उठ्न थालेको छ । त्यसो गर्दा बालेन, कुलमान सहित रास्वपाको टिम सँगै हुने मत पार्टीभित्र उठ्न थालेको छ । त्यसको गृहकार्य पनि पुकार वम नेतृत्वमा गृहकार्य भएको थियो । तर पछि यस्ता छलफलको जिम्मा पनि उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको टिमलाई दिएपछि यो विषयमा केही ठोस प्रगति हुन सकेको छैन । 

रास्वपा सभापति लामिछाने जेलमा छन् । यही परिदृश्यमा रास्वपाले वैकल्पिक शक्ति निर्माणको गृहकार्यमा रहेकाहरुको वृहत राजनीतिक संवाद आज आयोजना गर्न लागेको हो । यधपी, रास्वपाले आजको छलफलमा कुलमान घिसिङ, बालेन शाहलाई भने निम्तो गरेको छैन । 
‘उहाँहरुलाई (कुलमान , वालेन) अहिले आजको संवादमा निम्तो गरिएको छैन,’ रास्वपाका नेता स्वर्णिम वाग्लेले भने, ‘यो छलफल अन्य नयाँ बैकल्पिक सोच धारणा राख्नेहरुका बीचको बृहत संवाद हो ।’

नयाँ नयाँ शक्तिहरुले छरिएर पार्टी निर्माण नगरुन् भन्ने रास्वपाको उदेश्य देखिन्छ । सोही आधारमा आजको संम्वाद कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालका अनुसार, रास्वपाको केही दिनअघि बसेको सचिवालय बैठकले बृहत् राजनीतिक संवाद आयोजना गर्ने र विभिन्न राजनीतिक विकल्पहरूमा खुला छलफल सुरु गर्ने निर्णय गरेको थियो । ‘हाम्रो पार्टीले नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारकहरू, कार्यकर्ताहरू र युवा पुस्ताका प्रतिनिधिहरू बीच अर्थपूर्ण सहकार्य नभएमा प्रतिगमनको सम्भावना महसुस गर्दै व्यापक राजनीतिक संवाद सुरु गरेको छ,’ कार्यवाहक सभापति अर्यालले भने, यसमा हामी खुल्ला दिमागले छलफल गरिरहेका छौं । त्यस्तै छलफलको एउटा कडी हो, बृहत राजनीतिक संवाद कार्यक्रम । ’

संवादको उद्देश्य हालैको आन्दोलनको उत्पत्ति, परिणाम र प्रगतिशील सन्देशहरूको साझा बुझाइ विकास गर्नु, व्यापक एकता र सहयोग मार्फत लोकतान्त्रिक मूल्यमान्यता, समृद्धि र राष्ट्रवादलाई प्रवद्र्धन गर्नु र आगामी चुनावलाई रणनीतिक साझेदारी र रूपान्तरणको अवसरको रूपमा अन्वेषण गर्नु रहेको रास्वपाले जनाएको छ ।

घिसिङसँग रास्वपाले घनीभूत भित्री छलफल गरेपिनि आजको छलफलमा भने उनलाई निम्तो दिएको छैन । घिसिङलाई नेतृत्व दिएर पार्टीमा ल्याउने विषयमा रास्वपामा एकमत छैन ।

प्रतिक्रिया दिनुहोस