भरतपुर । भरतपुर महानगरपालिकाले पहिलेका कतिपय विकासका योजनालाई निरन्तरता दिने र नयाँ कतिपय अवधारणा र नवप्रवर्तनका कार्यक्रम समावेश गरेर नीति तथा कार्यक्रम अगाडी सारेको छ । भरतपुर नगरप्रमुख रेनु दाहालले आज नगरसभामा प्रस्तुत गरेकी नीति तथा कार्यक्रममा कतिपय विकासका योजनालाई निरन्तरता दिइएको छ । कतिपय योजना नयाँ समोवेश गरी ल्याइएको छ ।
विगतको अनुभवलाई आधार, वर्तमानको मागलाई सम्बोधन र भविष्यको सम्भावनालाई लक्ष्य बनाएर नगर प्रमुख दाहालले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा पहिलेका योजनामा निरन्तरता दिने अठोट र नयाँ अवधारणा र नवप्रवर्तनका कार्यक्रम समावेश गरेर समग्र विकासलाई गति दिने दृष्टिकोण प्रस्तुत गरेको नगरप्रमुख दाहालले बताएकी छिन् ।
यी हुन् निरन्तरता दिइएका प्रमुख योजना र कार्यक्रमहरूः
रामनगर–नारायणी किनार कालोपत्रे सडक (ढलसहितको)
स्मार्ट स्ट्रीट लाइट तथा हाइमास्ट बत्तीको विस्तार
‘एक वडा, एक पार्क’ र ‘एक वडा, एक व्यायमशाला’ कार्यक्रम
स्मार्ट सिटी अवधारणाअन्तर्गत डिजिटल पूर्वाधार निर्माण
सामुदायिक भवन, नहर, पोखरी, नदी संरक्षण लगायतका आयोजनाहरू
फोहोरमैला व्यवस्थापनका लागि पाण्डवफल साइटको स्तरोन्नति
व्यवहारिक शुक्रवार, स्रोत कक्षा, स्मार्ट स्कूल प्रवद्र्धन
सामुदायिक विद्यालयमा बालमैत्री संरचना
निशुल्क ओपीडि कार्ड, पोषण केन्द्र, मोबाइल स्वास्थ्य सेवा
स्वास्थ्यकर्मी र नगर प्रहरीका लागि बिमा योजना
महिला स्वयम्सेविका प्रोत्साहन
एकल महिला, सडक मानव, अशक्तजन उद्धार सेवा
ज्येष्ठ नागरिकका लागि परिवार–जिम्मेवारी अवधारणाको कार्यान्वयन
अन्तरजातीय विवाह संरक्षण कार्यक्रम
नगरप्रमुख दामहाले माथी उल्लेखित यी योजनाहरू विगतमा शुरु गरेकी थिइन् । जसलाइ निरन्तरतामै राखेकी छिन् । त्यस्तै उनले आगामी वर्षको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु पनि समोवेश गरेकी छिन् ।
नयाँ समावेश गरिएका प्रमुख कार्यक्रमहरूः
सूचना प्रविधि मार्फत स्मार्ट सेवा प्रवाह
सार्वजनिक स्थानमा वाइफाइ पहुँच
हरित छत ( Green Roof ) प्रवद्र्धन
नगर सूचना व्यवस्थापन प्रणाली ( AMS ) को अनिवार्य प्रयोग
आत्मनिर्भर अर्थतन्त्रका नवीन पहलः
‘एक वडा, एक हाट बजार’ योजना
कृषक परिचयपत्र वितरण
श्रम स्वीकृति सहजीकरण केन्द्र
युवा रोजगारी संवाद मञ्च
उत्कृष्ट करदातालाई सम्मान कार्यक्रम
सहकारी सुधार तथा मूल्य शृंखला प्रणाली प्रवद्र्धन
धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यहरूलाई करिडोरमा जोड्ने योजना
सार्वजनिक बसपार्क केन्द्रीकरण र यातायात व्यवस्थापन सुधार
कृत्रिम पोखरी निर्माणद्वारा जल स्रोत पुनःभरणको नयाँ अवधारणा
मानव बेचबिखन प्रभावितको उद्धार तथा पुनःस्थापना केन्द्र
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम
प्रेस सेन्टर चितवनले दसबुँदे माग राख्दै बुझायो ज्ञापनपत्र
भरतपुरमा जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली