ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०८२, ०८ : ४६
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि सन्तुलित रुपमा चयनमा ध्यान पु¥याउन अपिल गरेकी छिन् । आफुले दुई वर्ष देखि नविकरण गराउँदै आएको सदस्यता नेतृत्वले अनुचित रुपमा रोकेको स्मरण गदै भण्डारीले महाधिवेशनमा भौतिक रुपमा आफनो उपस्थित नभएपनि एउटा परिवारका सदस्यले आफु सँगै हुने बताएकी छिन् । 

उनले केपी ओलीबाट अब एमाले अगाडी जान नसक्ने भन्दै नेतृत्व हस्तान्तरण अर्काे नेतालाई गर्नुपर्ने मत राख्दै आएकी छिन् । उनले आँफै ओलीसँग प्रतिस्पर्धा गर्न चाहेकी थिइन् । तर यही बुझेर उनको सदस्यता केपी ओलीले नविकरण रोकिदिएका थिए । त्यसपछि उनले ओलीविरुद्द इश्वर पोखरेललाई अगाडी सारेकी छिन् । 

पोखरेलले ९ मंसिरमा आफनो उम्मेदवारी सार्वजनिक अपिलमार्फत सार्वजनिक गरेपछि भण्डारीले पनि कार्यकर्तालाइृ महाधिवेशन प्रतिनिधि सोच विचार गरी सन्तुलित ढंगले चयन गर्न अपिल गरेकी हुन् । बिहीबार बिहानै पार्टी सदस्यहरूलाई अपिल गर्दै भण्डारीले पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुने विश्वास समेत व्यक्त गरेकी छन्। एमालेको महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ । 

‘मैले दुइवर्ष अघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु,’ भण्डारीले अपिलमा भनेकी छिन् । 

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय रहेको भण्डारीको भनाइ छ । 

‘विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनै छ,’ भण्डारीले आग्रह गरेकी छन् ।

यस्तो छ उनको अपिल :

प्रतिक्रिया दिनुहोस