नीति तथा कार्यक्रम

समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, ११ : २३
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई व्यवहारमा उतार्ने घोषणा गरेको छ । नगर प्रमुख रेनु दाहालद्वारा आइतबार (आज) नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत त्यस्तो घोषणा गरेकी हुन् ।

नीति कार्यक्रममा शहरी पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, नदी संरक्षण, स्मार्ट सिटी, हरियाली प्रवर्धन, सार्वजनिक सेवा पहुँच र सुरक्षामैत्री योजनालाई प्राथमिकतामा राखिएको छ । स्थानीय तहलाई जनमुखी, समावेशी र समृद्ध बनाउन मेयर भएदेखिनै उल्लेखनिय काम गदैं आएकी नगरप्रमुख दाहालले आगामी वर्षको नीति तथा कार्यक्रममा भरतपुरलाइ स्वच्छ, सुरक्षित र आधुनिक शहर बनाउने लक्ष्य राखी पूर्वाधार बलियो बनाउने कार्ययोजना प्रस्तुत गरेकी छिन् ।


‘सामाजिक न्यायसहितको उच्च आर्थिक बृद्धिका लागि सबल र दिगो भौतिक पूर्वधार, जमिनको वैज्ञानिक ब्यवस्थापनसहितको योजनावद्द बस्ती विकास तथा ब्यवसायिक कृर्षि, सूचनाप्रविधिको उच्चतम प्रयोग र सबै क्षेत्रमा समयानुकुल नवप्रर्वतन अति जरुरी छ,’ नगरप्रमुख दाहालले नीति कार्यक्रम प्रस्तुत गदैं भनिन्, ‘यिनै आधारशिला मार्फत आर्थिक, सामाजिक, सास्कृतिक रुपान्तरणको माध्यमद्दारा आधुनिक भरतपुर, समृद्द भरतपुरको आकांक्षा हासिल गर्न हामी पूर्ण प्रतिवद्धताका साथ क्रियाशिल छौं ।’

नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति कार्यक्रममा मुख्य सहरी क्षेत्रमा ढलसहितको कालोपत्रे सडक निर्माण, संघीय सरकारसँगको सह लगानीमा महानगरभित्रका वडा नं २९, रामनगर, नारायणगढ र भरतपुर बजार क्षेत्रलाई समेट्ने गरी एकीकृत सहरी खानेपानी तथा ढल व्यवस्थापन, स्मार्ट स्ट्रीट लाइट, भूमिगत तार प्रणाली र हाइमास्ट बत्ती, नारायणी नदी किनारमा ‘मोडेल मनोरञ्जन पार्क’, सामुदायिक वन, धार्मिक स्थल र तालहरूलाई ‘पर्यटन करिडोर’ मा रूपान्तरण, फोहोरमैला व्यवस्थापनका लागि एएए मोडलमा आधुनिक पाण्डवफल साइट, ‘एक वडा, एक पार्क’ र ‘एक वडा, एक व्यायमशाला’ कार्यक्रम, जलस्रोत पुनःभरणका लागि कृत्रिम पोखरी र नहर मर्मत, सार्वजनिक स्थानहरूमा निशुल्क वाइफाइ र हरित छतको प्रवद्र्धन जस्ता कार्यक्रम समेटिएका छन् ।


त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला संघ, प्रदेश र महानगरपालिकाको साझेदारीमा निर्माण कार्यलाई तीव्रता दिई आगामी आर्थिक वर्षमा सम्पन्न गरिने नगरप्रमुख दाहालले बताएकी छिन् ।

 सो रंगशाला सञ्चालनको लागि कार्याविधि एवम् संयन्त्र निर्माण गरिने तथा संघ र प्रदेश सरकारको साझेदारीमा निर्माणधीन मुख्य प्रशासनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सोही भवनबाट सुरु गरिने पनि नगरप्रमुख दाहालले घोषणा गरेकी छिन् ।
वातावरण एवम् खेलकुदमैत्री सहर निर्माणको लागि कम्तीमा एक वडा, एक पार्क, एक वडा, एक खेल मैदान, सुरक्षा निगरानी र ट्राफिक व्यवस्थापनका लागि सिसिटिभी जडान र स्मार्ट ट्राफिक व्यवस्थापन प्राणाली लागु गर्ने योजना नीति कार्यक्रममा छ ।

दाहालले मेयर विपन्न आवास कार्यक्रममार्फत नगरभित्रका विपन्न नागरिकहरुको पहिचान गरी त्यस्ता नागरिकको घर निर्माण कार्यलाइ पनि नीति कार्यक्रममार्फत घोषणा गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस