काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित सहिद स्मारकमा पुगेर सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
माघ १६ गते (आज) सहिद दिवसको अवसर परेर प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित सहिद स्मारकमा आयोजित विशेष कार्यक्रमकाबीच सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर सहिदहरुले बलिदानको त्यागको श्रेष्ठता देखाएको र त्यो अतुलनिय भएको बताए ।
सहिदका योदानसँग बाँचेका मानिसहरुको कुनैपनि योगदान तुलाना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।
अहिले जुन उपलब्धी, सफलता र उचाई प्राप्त भएको छ ती सबै कुराको पछाडी सहिदको बलिदानले काम गरेको पनि उहाँको भनाई छ । सहिदहरु सबैका साझा भएकोले सहिदको बलिदानबाट प्राप्त भएका उपलब्धीहरु समेत सबैको साझा भएको बताए । सहिदको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई सहिदका सपना पुरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताए ।
सहिदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई शुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
सहिद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौर स्थित सहिद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विभिन्न मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग