काठमाडौं। सरकारले योग्यलाई फालेर प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनकी बहिनीलाई नियुक्ति दिएको तथ्य खुलेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पशुपति, बौद्धनाथ, पाटन, हनुमानढोकाजस्ता महत्वपूर्ण क्षेत्र विकास कोष र समितिहरूमा योग्यलाई फालेर धमाधम आफ्नालाई मनोनित गरेको खुलेको हो ।मन्त्रालयले बुधबार र बिहीबार गरी २४ जना पदाधिकारी मनोनीत गरेको थियो ।
सो नियुक्तिमा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनकी बहिनी सिद्धिलक्ष्मी व्यञ्जन्कारलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा मनोनीत गरिएको छ । समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई,सदस्यहरूमा माधवप्रसाद लामिछाने,सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्रप्रसाद अधिकारी छन् । बेनकी बहिनी मनोनित भएको पुष्टि भएसँगै यो मनोनयनलाई जान्नेलाई छान्ने होइन, योग्यलाई फालेर आफन्तलाई हाल्ने नीति प्रष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०८३, ०३ : ३७
लेखकबाट थप