चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, १६ : ०९
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा जेठ २० र २१ गते जिल्लाको इच्छाकामना गाउँपालिका–७ र कालिका नगरपालिका–६ हरिहर टोलमा संयुक्त प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

जेठ २० गते गरिएको कारबाहीमा कालिका नगरपालिका–७ का २१ वर्षीय विजय सुनार, भरतपुर महानगरपालिका–७ का ३१ वर्षीय विनोद जोशी, इच्छाकामना गाउँपालिका–७ का २५ वर्षीय साजन थापा मगर र कालिका नगरपालिका–७ का २३ वर्षीय रोमन सुनार पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ हजार ६ सय ट्रामाडोल क्याप्सुल, ३ हजार ८ सय ९० स्पास्मो क्याप्सुल तथा दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, जेठ २१ गते कालिका नगरपालिका–६ का २७ वर्षीय दिवस रूपाने पक्राउ परेका छन्। उनको साथबाट ६ हजार ८० ट्रामाडोल क्याप्सुल र ४ हजार २ सय स्पास्मो क्याप्सुल बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस