कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, १४ : १७
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थपेको छ । सदस्यता नवीकरण गरी अद्यावधिक गर्न छुट भएका र नयाँ क्रियाशील सदस्यताका लागि साउन ३ गतेसम्म समय थप गरेको हो ।

यसअघि कांग्रेसको क्रियाशील सदस्यता फाराम वितरण तथा अनलाइन माध्यमबाट नयाँ क्रियाशील सदस्यताको विवरण पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि निर्धारित समयावधि असार २० गतेसम्म कायम गरिएको थियो ।

तर, वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यतासम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, साथै अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाह गर्ने कार्य समेत जारी रहेकाले सम्बन्धित जिल्लामा खटिएका प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस