काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ स्वयम् नदिने भएका छन्।
उक्त जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिइएको छ।आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम १४५ को उपनियम (९) मा पनि बजेट छलफलका क्रममा कुनै शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले छलफलको अन्त्यमा दिनुपर्ने व्यवस्था छ।
असार १ र २ गते भएको मन्त्रालयगत बजेट छलफलका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिनुपर्ने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्रीले आफ्नो तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन जिम्मेवारी सुम्पिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद