सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग

सफल खबर संवाददाता

विहीबार, २८ जेठ २०८३, २१ : ५२
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी रूपमा सम्पत्ति छानबिन गर्न नसकेका कारण सम्पत्ति छानबिन आयोग गठन गरिएको जिकिर गरेका छन्। सम्पत्ति छानबिन आयोग गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा लिखित जवाफ पेश गर्दै उनले आयोग अख्तियारको विकल्पका रूपमा नभई उसले गर्न नसकेका कामका लागि गठन गरिएको बताएका हुन्।

सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमा प्रधानमन्त्री शाहले अख्तियारले सार्वजनिक पदाधिकारीविरुद्ध परेका उजुरीका आधारमा अनुसन्धान गर्ने भए पनि लामो समयदेखि सार्वजनिक जीवनमा रहेका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति संकलन, छानबिन र अनुसन्धान व्यापक रूपमा गर्न नसकेको उल्लेख गरेको एक अधिकारीले बताएका छन् । यही अवस्थाको परिपूरकका रूपमा सम्पत्ति छानबिन आयोग गठन गरिएको उनको तर्क छ।

प्रधानमन्त्री शाहले आयोग गठनको उद्देश्य निश्चित समयावधिका राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार गर्नु रहेको बताएका छन्। मुलुकमा भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन तथा स्रोत नखुलेको सम्पत्तिसम्बन्धी विषयमा जनचासो बढ्दै गएकाले त्यसको अध्ययनका लागि आयोग आवश्यक भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस