हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, १० : २३
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले साताभरि कामपछि हुने बिदाका दिन आफू जिस्किने गरेको बताएका छन्। 

सार्वजनिक बिदाका दिन आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेको तस्बिरसहित ‘देश बनाउने टोली’ लेखेको तीन घण्टापछि अर्को स्टाटस लेखेका हुन्। 

दोस्रो स्टाटसमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन..दु:ख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।’

प्रतिक्रिया दिनुहोस