युवा पुस्ता बचाउन लागुऔषधविरुद्ध एकजुट हुन एआईजी राठौरको आह्वान

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, १५ : २३
युवा पुस्ता बचाउन लागुऔषधविरुद्ध एकजुट हुन एआईजी राठौरको आह्वान

काठमाडौं। काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआइजी सुशील सिंह राठौको प्रमुख आतिथ्यतामा हाम्रो साझा प्रतिबद्धता : 'लागु औषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज - सुरक्षित भविष्य, समृद्ध नेपाल।' कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषध दुव्यर्सनबाट जोगाउन सचेतना प्रदान गर्ने हेतुले सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस