काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिबारे आफूहरूले एक महिनादेखि उठाउँदा समेत सभामुखले समेत नसुनेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीको आफ्नो वक्तव्य सच्चाउनुपर्ने दोहोर्याए ।
उनले भने, ‘हामीले प्रधानमन्त्रीज्यूको माग यहाँ गरेको करिब १ महिना धेरै भइसक्यो । प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भएछ, यो प्लेकार्ड बनाएर उभिएको पनि । सभामुखलाई पनि हामीले त्यति नै लामो समयदेखि उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो ।’
उनले देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न गरे। उनले थपे, ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क