काठमाडौं । आइतबार बेलुकीपख प्रधानमन्त्री बालेन शाहले एउटा तस्विर सामाजिक सञ्जालमा पोष्ट गरे । जसमा उनीसँग दायाँबायाँ सरकारका दुई मन्त्री थिए, पूर्वाधार मन्त्री सुनिल लम्साल र गृहमन्त्री सुधन गुरुङ ।
प्रधानमन्त्री बालेनले दुई मन्त्रीको काँधमा हात राखेर बीचमा बसेर फोटो सेयर गदै रोमन अक्षरमा लेखे देश बनाउने टोली (PM , HM , IM
Desh Banaune Toli
) यी दुई मन्त्रीका अतिरिक्त प्रधानमन्त्रीसँग भेट भईराख्ने अर्का मन्त्री हुन्– सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल । अन्य मन्त्रीहरुले भने प्रधानमन्त्रीलाई आफुले चाहेका बेला भेटघाट गर्न गाह्रो छ ।
‘प्रधानमन्त्रीसँग मन्त्रीहरुले खुलेर भेट गरेको र आफना कुरा राखेको त्यक्ति पाइँदैन । उही क्याबिनेटमा प्रधानमन्त्रीलाई भेट्ने हो,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले सफलखबरसँग भने, ‘प्रधानमन्त्रीले सिमित बाहेक अन्य मन्त्रीसँग भेटघाट गर्नुभएको छैन ।’ मन्त्री मात्रै होइन, प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि संवाद नै गरेका छैनन ।
अघिल्ला प्रधानमन्त्रीले बेलाबेला राष्ट्रपतिलाई भेट्ने र देशको समग्र विषयमा विफ्रिङ गर्ने परम्परा थियो । तर चैत १३ मा प्रधानमन्त्री भएयता बालेनले एक पटक पनि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेर देशको समसामायिक विषयमा विफ्रिङ गरेका छैनन । यो बीचमा उनले आफु नेतृत्वको मौजुदा मन्त्रिपरिषद्लाई बेला बेला थप घट गदै आएका छन् । त्यसबेला मन्त्रीहरुको सपथ, सभामुखको सपथ, उपसभामुखको सपथमा राष्ट्रपतिसँग देखादेख गरेका छन् । एउटै मञ्च सेयर गरेका छन् ।
तर राष्टपतिसँग उनले कुनै संवाद र विफ्रिङ गरेका छैनन । सरकारको आफ्नै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने दिन समेत राष्ट्रपतिले नीति कार्यक्रम बाचन गरिरहँदा प्रधानमन्त्री बालेन संसदबाट वीचमै बाहिरिएका थिए । प्रधानमन्त्रीले राष्टपतिमाथी गरेको यो हदको उपेक्षालाई पूर्व राष्ट्रपतिहरुले नै स्वभाविक मानिरहेका छैनन । पूर्व राष्ट्रपति डा रामबरण यादवले त प्रेस युनियनले आयोजना गरेको एक कार्यक्रममा यसबारेमा असन्तुष्टि नै पोखेका थिए । 'प्रधानमन्त्रीले नियमित विफ्रिङ नगरेपनि, भेटन नचाहेपनि राष्ट्रपति आफैंले प्रधानमन्त्रीलाई बोलाएर परम्परा र मर्यादाका बारेमा सिकाउनुपर्छ, न त्यो अहिलेको राष्ट्रपतिले गरिरहनु भएको छ, न प्रधानमन्त्रीले नै राष्ट्रपति भेटेर नियमित विफ्रिङ गरिरहनुभएको छ,’ पूर्व राष्ट्रपति रामबरण यादवले भनेका थिए,‘यस्तो प्रवृत्ति र शैलीले हाम्रा सस्थाहरुलाई नै कमजोर बनाउँछ ।
यसले राम्रो सन्देश दिँदैन ।’ प्रधानमन्त्री बालेन नियमित विफ्रिङका लागि राष्ट्रपति भेट्न नपुगेपनि सरकार चलाईरहेको सत्तासिन दल राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने बेला बेला राष्ट्रपति कार्यालय पुग्ने गरेका छन् । उनले बालेन प्रधानमन्त्री बनेयता तीन पटक राष्ट्रपतिसँग भेटवार्ता गरिसकेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । पछिल्लो पटक पनि दिल्ली भ्रमणबाट फर्केलगत्तै रास्वपा सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफनो भ्रमण, दिल्लीमा भएको भेटघाट लगायतका बारेमा विफ्रिङ गरेका थिए ।
प्रधानमन्त्री बालेनले आफ्नै सरकारका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तासँग पनि भेटघाट गरेका छैनन । उनले महान्यायाधीवक्ता डा नारायणदत्त कँडेललाई नियुक्त गरेका छन् । महान्यायधीवक्ताले पनि प्रधानमन्त्री भेट्न पाएका छैनन । यी सबै नियमित हुनुपर्ने भेटघाटहरुमा प्रधानमन्त्री बालेनले आफना प्रमुख सल्लाहकार कुमार बेन (ब्यन्जनकार) लाई इन्गेज गराएका छन् । आफुले भने भेट्नै पर्नेहरुसँग पनि दूरी बढाएरै बसेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०८३, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक