सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, ११ : १३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार भने सुन तोलामा दुई लाख ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलामा ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस