चितवन । विश्व भरि नै कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिईरहदा नेपाल पनि यसबाट अछुतो रहन सकेन् । कोरोनाको संक्रमण फैलन नदिन संघिय सरकार देखि प्रदेश र स्थानिय तहले समेत विभिन्न सतर्कता उपाय अपनायो । त्यसै क्रममा देशकै मध्य भागमा रहेको चितवन सरुवा रोगको केन्द्रमा रहदै आएकोले कोरोनाको संक्रमण फैलन नदिन भरतपुर महानगरपालिकाले सतर्कता बढाउन जनचेतना बढाउने देखि अस्थायी अस्पताल सम्म निर्माण गरेर यसको रोकथाम गर्न सफल भएको छ । अहिले सम्म भरतपुर महानगरपालिकाले के के गर्यो त ?
कोरोना विशेष अस्पताल निर्माणका लागि महानगरपालिकाले गएको चैत्र ४ गते महानगरपालिकाका प्रमुख रेनु दाहालको अग्रसरतामा जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सरकारी तथा निजि अस्पतालहरु, मेडिकल कलेज, निजी क्षेत्र, पत्रकार लगायतका सरोकारवालाहरुको वृहत भेला गरी प्रमुख दाहालको संयोजकत्वमा १७ सदस्यिय भरतपुर कोरोना नियन्त्रण कार्यदल गठन गर्यो ।
सो कार्यदलले महानगरपालिकाको वडा नं १० मा रहेको चितवन उद्योग संघको प्रदर्शनी कक्षमा ७२ घण्टा भित्र भरतपुर कोरोना विशेष ९अस्थाई० अस्पताल स्थापना तथा संचालन गर्ने निर्णय गर्दै ७२ घंटा भित्रै अस्पताल निर्माण गर्यो । अस्पतालमा ५० जनरल वेड, १० आइसियु र १० एचडियु वेड गरी ७० वेड रहेको छ । अस्पताल निर्माणसंगै कार्यविधि स्वीकृत गरी स्थानिय राजपत्रमा प्रकाशन गर्यो । चैत्र ७ गतेबाट अस्पतालले सेवा शुरु गरेसंगै चैत १९ गते सम्म २ सय ४१ जना बिरामीहरुले सेवा लिएको छ ।
त्यसमध्ये ४१ जनाको स्वाब टेष्टको लागि टेकु अस्पताल पठाइएकोमा ३६ वटा स्वाब टेष्ठ नेगेटिभ आएको र ५ वटा रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । कोरोनालाई लक्षित गरि संक्रमण देखिएमा भरतपुर अस्पतालसंगै जिल्लामा रहेका दुर्इ मेडिकल कलेज तथा अन्य निजी अस्पतालहरुमा उपचार र आर्इसोलेसन लागि तयारी अवस्थामा राख्दै नगरबासीलाइ भिड भाडमा ननिस्कन, साबुन पानीले नियमित हातधुन आग्रह गर्दै सार्वजनिक सुचना जारी गर्यो।त्यस्तै महानगरले सर्वसाधारण माझ जनचेतना फैलाउने उद्येश्यले दुरी कायम गरी बस्न । सरकारले आव्हान गरेको लकडाउनको पु्र्ण पालना गराउन सफल भएको छ ।
लकडाउनको क्रममा अति आवश्कीय वस्तुहरुको सहज बिक्रि वितरण र ढुवानीको उचित व्यवस्थापन र अभाव र कालोबजारी रोक्न वडा कार्यालय हरु मार्फत टोल सुधार समितिहरुलाइृ परिचालन गर्र्दै विशेष सतर्कता अपनायो । महानगरले अस्पतालमा काम गरिरहेका चिकित्सक नर्स तथा कर्मचारी हरुलाइको सुरक्षालाई ध्यान दिदै छुटै होटेलमा क्वारेन्टाइन र आवाश्यकता अनुसारको आइसोलेसनको व्यवस्था गरेकोछ ।
लकडाउनको अवधि लम्बिन गएकोले दैनिक ज्यालादारी गरेर जिजिकोपार्जन गर्न कठिनाइ भएका विपन्न परिवारलाइ राहत वितरण समेत गरेको छ । महानगरपालिकाले वडा कार्यालयहरुलाइ तपशिल बमोजिम ३ वटा समुहमा वर्गिकरण गरि वडा नम्बर १, २, ३, ४, ७, १०, १२, २२ मा रु। १ लाख ५० हजार , वडा नम्बर ५, ८, ९, ११, १९, २९ मा रु। २ लाख र वडा नम्बर ६, १३, १४, १५, १६, १७, २०, २१, २३, २४, २५, २६, २७, २८ मा ३ लाखका दरले ६६ लाख रुपैंया राहतमा खर्चिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०७६, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा