काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।
विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए । उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरे ।
आमा पद्माले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गरिन् । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ: राष्ट्रपति
राष्ट्रपतिले किन भेटिरहेका छन् तारान्तार कांग्रेस नेताहरु ?
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस