मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ११ : २४
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताएका छन ।आईतवार ललितपुरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएको खुकुलो बनाउन नसकिने बताएका हुन।

नेपालमा मिर्गौला, आँखा लागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरु पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको बताए । उनले यदी मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानून बनाउने हो भने यसले विकृति भित्र्याउने बताए । मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरु झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताए । 

मन्त्री पौडेलले भने, ‘हामी कहाँ जति किड्नी चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति लिभर चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति आँखा चाहिने हो त्यो प्राप्त भएको छैन । शरीरका ६ वटा अंग भिmकेर अर्कोमा ट्रान्सप्लान्ट गर्न मिल्छ । अब यो ट्रान्सप्लान्ट जसबाट निकालेर पनि गर्न मिल्ने बनाउन मिल्दैन । किनभने यो बेचिन्छ । अहिले आइभिएफको एउटा समस्याका कारणले यो बेचिएको छ भनेर भन्न थालिएको छ । भारतमा १९८२ सम्म एकले अर्कालाई अंगहरु सजिलै दिन पाउने व्यवस्था थियो । त्यहाँ धेरै गरिबहरुले अंग बेचे । फेरि त्यसलाई बन्द गरियो । नेपालमा पनि नाता पर्नेहरु, नाताको दायरा पनि एकदमै सिमित छ । कानून खुकुलो बनाउँ यसले बेथिति बढाउँछ, अब एउटा उपाय के छ भने इरानमा यसको सफल प्रयोग भइरहेको छ । पहिला मान्छेको ब्रेन मर्छ, ब्रेन मरेको २४ घण्टाभित्र उसको अंग झिक्न खोज्यो भने झिक्न सकिन्छ । ब्रेन डेथपछि अंग झिकेर त्यसलाई त्यहीअनुसार संग्रह गर्ने हो भने हामीले त्यो अंग अर्को किड्नी फेल भएकोलाई दिन सकिन्छ । आँखा नदख्नेलाई आँखा दिन सकिन्छ ।’

मन्त्री पाडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताए । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको बताए । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस