काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जेड पुस्ताको आन्दोलनलाई समर्थन जनाउँदै देश बनाउन राजनीति सफा गर्न आवश्यक रहेको बताएका छन्।
काठमाडौँमा जेन जेड पुस्ताको प्रदर्शन चलिरहेको बेलामा उनले भनेका छन्, ‘जेन जेड पुस्ताले संघीय राजधानी काठमाडौँमा सुशासन, समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चिततासहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आजदेखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्षप्रति समर्थन गर्दछु ।’
मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि भएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ ।’
जेन जेड आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त गराउने विश्वास व्यक्त गरेका छन्। देशलाई भ्रष्ट राजनीतिक नेतृत्वबाट मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्याउने उनको विश्वास छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ