जेनजीको आन्दोलनले माओवादीको अभियान स्थगित

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १५ : ३६
जेनजीको आन्दोलनले माओवादीको अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्र मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको काठमाडौं फर्किने तयारीमा रहेको छ । अभियानका क्रममा गोरखा आरुघाट पुगेका उपलब्ध पदाधिकारी बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो।

जेन–जी पुस्ताको आन्दोलन उग्र बनेपछि माओवादीले अभियान स्थगित गरेर अध्यक्ष प्रचण्डसहितका नेताहरू काठमाडौं फर्किन लागेका हुन्। प्रचण्डले जेन–जीको माग सम्बोधन गर्न माग गर्दै स्थिति थप बिग्रिन नदिन सरकारसँग माग पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस