काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत आज लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखेका हुन्। आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे ।
अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्यांकन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठुलो दल बन्ने विश्वास व्यक्त गरे
।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा जस्तै अरू प्रदेशमा पनि एमालेबाहेकको सत्ता समीकरण देखिन्छ: प्रचण्ड
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी: प्रचण्ड
'चुनाव हामी जित्छौं तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ' : प्रचण्ड
कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउछौं : प्रचण्ड
प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा