काठमाडौँ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ ।
अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भएकाे थियाे ।
आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।
अधिवेशनले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत