काठमाडौँ । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका हुन् ।
‘७० वर्ष नाघेकालाई राज्यले सम्मान गर्छ । हामी पनि मानार्थ सदस्यता राखौँ । मर्ने बेलासम्म लेवी उठाउने कुरा गलत छ’, नेता पाठकले भने । एमालेमा दुई प्रकारका पार्टी सदस्यता प्रस्तावित छ । पार्टी सदस्य र संगठित सदस्य गरेर दुई खाले सदस्यता रहने व्यवस्था प्रस्ताव गरिएको हो ।
दुवै सदस्यताका लागि एमालेको नीति विचारलाई समर्थन गर्ने र तोकेबमोजिम सदस्यता शुल्क तिर्नुपर्छ । यस्तो प्रस्तावमा संशोधन गरेर मानार्थ सदस्यता पनि थप्ने र मानार्थ सदस्यसँग शुल्क नलिने व्यवस्थाको प्रस्ताव नेता पाठकले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?
आनन्द पोखरेलले दिए एमाले उपमहासचिवमा उम्मेदवारी