काठमाडौँ । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका हुन् ।
‘७० वर्ष नाघेकालाई राज्यले सम्मान गर्छ । हामी पनि मानार्थ सदस्यता राखौँ । मर्ने बेलासम्म लेवी उठाउने कुरा गलत छ’, नेता पाठकले भने । एमालेमा दुई प्रकारका पार्टी सदस्यता प्रस्तावित छ । पार्टी सदस्य र संगठित सदस्य गरेर दुई खाले सदस्यता रहने व्यवस्था प्रस्ताव गरिएको हो ।
दुवै सदस्यताका लागि एमालेको नीति विचारलाई समर्थन गर्ने र तोकेबमोजिम सदस्यता शुल्क तिर्नुपर्छ । यस्तो प्रस्तावमा संशोधन गरेर मानार्थ सदस्यता पनि थप्ने र मानार्थ सदस्यसँग शुल्क नलिने व्यवस्थाको प्रस्ताव नेता पाठकले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत