मेट्स इन्टरनेशनल चितवनको १७औँ वार्षिकोत्सव सम्पन्न

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १५ : ११
मेट्स इन्टरनेशनल चितवनको १७औँ वार्षिकोत्सव सम्पन्न

चितवन । मेट्स इन्टरनेशनल चितवनले आज ७ सेप्टेम्बरका दिन आफ्नो १७औँ वार्षिकोत्सव विशेष उत्सवका साथ सम्पन्न गरेको छ।

सन् २००८ सेप्टेम्बर ७ (आजकै दिन) मेट्स इन्टरनेशनलले तेस्रो शाखा चितवनको भरतपुरमा स्थापना गर्दै सेवा सुरु गरेको थियो। 

भरतपुरमार्फत विगत १७ वर्षदेखि हजारौं विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्य निर्माणमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। मेट्स इन्टरनेशनल नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकहरूमा आफ्नो सशक्त उपस्थिति कायम गर्दै आएको एक अग्रणी शैक्षिक परामर्श संस्था हो। 

मेट्स इन्टरनेशनलका कार्यालयहरू नेपालका प्रमुख शहरहरूसँगै अष्ट्रेलिया, फिजी, फिलिपिन्स, भारत लगायतका देशहरूमा सञ्चालनमा छन्। यी कार्यालयमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षण संस्थामा भर्ना, भिसा प्रक्रिया, छात्रवृत्ति अवसर तथा करियर काउन्सिलिङमा निरन्तर सहयोग पुर्‍याइँदै आएको छ।

विगत १७ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणमा संलग्न मेट्स इन्टरनेशनलले हजारौं विद्यार्थीलाई अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा अध्ययन र करियरमा सफलतापूर्वक अघि बढ्न मद्दत पुर्‍याएको छ। यस अवधिमा प्राप्त विश्वास, सफलता र अनुभवकै आधारमा मेट्स इन्टरनेशनल आज दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा विश्वसनीय शैक्षिक परामर्श संस्था मध्ये एकको रूपमा स्थापित भएको छ।

वार्षिकोत्सव अवसरमा, मेट्स इन्टरनेशनलले सम्पूर्ण विद्यार्थी, अभिभावक, टिम सदस्य, सञ्चार माध्यम, सहकर्मी तथा परिवारजनप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस