काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको भेटवार्ता भएको छ ।
आज ९विहिबार० साँझ ५ बजेदेखि काठमाडौंको बुढानीलकण्ठस्थित भण्डारी निवास भंगालमा भण्डारी र नेपालबीच भेटवार्ता भएको हो ।
भण्डारी निकट स्रोतका अनुसारm, दुई नेताका बीचमा झण्डै एक घण्टा लामो छलफल भएको थियो ।
भण्डारीले पूर्व राष्ट्रपतिको रुपमा पाउने सेवा–सुविधा त्यागेर सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै पार्टीको ढोका बन्द गरिदिएका थिए । तर, एमालेभित्र तल्लो तहदेखि नै भण्डारीको पक्षमा जनमत बटुलिँदै गएको सन्दर्भमा अन्य वाम दलका शीर्ष नेताहरुको भेटले आगामी राजनीतिक समीकरणमा उनको सक्रिय भूमिका देखिने संकेत गरेको छ ।
अध्यक्ष माधव नेपाल एमालेमा ओली पक्षधर बाहेक वाम दलबीच एकता र सहकार्यको पक्षमा छन् । उनले तत्काल माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, उपेन्द्र यादव नेतृत्वको समाजवादी लगायतका दलसँग संगठनात्मक तथा राजनीतिक एकता गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन ्। उता माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि हालैका दिनमा वाम दलहरूबीचको एकतालाई मूर्त रूप दिन सक्रिय छन् । श्रेष्ठले पनि भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि भण्डारीसँग पनि भेट गरेका थिए ।
श्रेष्ठले पछिल्ला सात दिनमै विभिन्न दलका चार शीर्ष नेतासँग संवाद गरेपछि आज माधव नेपालसहित नै भण्डारी निवासमा छलफलका लागि पुगेका हुन् । साउन २१ मा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, साउन २३ मा नेकपा ९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुसाल, साउन २५ मा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र साउन २६ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका थिए । नेपालमा रहेका साना वाम घटक दलका नेताहरुसँगको भेट पछि उनी मंगलबार साँझ चीन तिर लागेका छन् । उनी यतिवेला बेइजिडमा छन् ।
श्रेष्ठले चीन भ्रमणमा जानु अगाडी यादवलाई समाजवादी मोर्चामा सहभागी हुन प्रस्ताव गरेका थिए भने खनाल र भुसालसँग मोर्चालाई अझ सक्रिय बनाएर पार्टी एकताको आधार तयार पार्न छलफल गरेका थिए । विप्लवसँग भने माओवादी स्थायी समितिको निर्णयअनुसार पार्टी एकताको प्रक्रिया अघि बढाउनेबारे श्रेष्ठले कुराकानी अगाडी बढाएका थिए ।
श्रेष्ठले मुलुकमा कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका मूल्य–मान्यतामाथि आक्रमण सुरु भएको दाबी गर्दै आईरहेका छन् । त्यसको प्रतिकारका लागि ‘सकारात्मक हस्तक्षेप’ आवश्यक भएको उनको टिप्पणी छ ।
यता माधव नेपालले पनि कहिले प्रचण्ड, कहिले विद्या भण्डारीसँगको भेटवार्ता बढाईरहेका छन् ।
विद्यादेवी भण्डारी २०७२ सालमा नेपालको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । दुई कार्यकाल पूरा गरेपछि २०८० सालमा राष्ट्रपति पदबाट अवकाश लिएकी उनले लामो समय एमालेमा संगठनात्मक भूमिकामा रहँदै पार्टीभित्र बलियो प्रभाव जमाएकी थिइन् । पार्टीभित्र ओलीको नेतृत्वविरुद्ध वैकल्पिक शक्ति निर्माणमा सक्षम नेताको रुपमा उनी अझै चर्चामा छिन् ।
भण्डारीले हालै सक्रिय राजनीतिमा फर्कने संकेत दिँदै पूर्व राष्ट्रपतिको विशेष सुविधा त्याग गर्ने घोषणा गरेपछि एमाले नेतृत्वसँगको सम्बन्ध चिसिएको हो। ओली नेतृत्वले सदस्यता नवीकरण नगरेर उनको पार्टी प्रवेश रोके पनि स्थानीय र तल्लो तहका संरचनामा उनको पक्षमा समर्थन देखिन थालेको छ । यसले भण्डारीलाई वाम दलहरूको नयाँ एकता प्रयासमा सम्भावित साझा नेता वा शक्ति केन्द्रको रुपमा उभ्याउने आधार तयार गरेको छ।
सच्याइएको : यस अगाडी समाचारमा नारायणकाजी श्रेष्ठ बेइजिड पुगेको हुनुपर्नेमा अन्यथा भएकोले सञ्चाईएको छ । सम्पादक
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०८२, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी