एमाले विधान महाधिवेशन

समुह नेता चयनमै सकस, छानिएकमा ओली– विद्या बराबरी

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०८२, ०९ : २०
समुह नेता चयनमै सकस, छानिएकमा ओली– विद्या बराबरी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विद्यान महाधिवेशन आज पनि चल्दैछ । दुई दिन यता चलेको महाधिवेशनमा आज समुहगत रुपमा टोली नेताहरुले प्रतिवेदनमाथी छलफलका आएका सुझावहरु केन्द्रीत रहेर धारणा राख्ने कार्यक्रम छ ।

एमालेले विधान महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजहरुमा छलफलका लागि १० समुह बनाएर छलफल गरेको थियो । फरक मत राखेका कर्ण थापालाई बन्दशत्रभित्र आफनो प्रतिवेदन पेश गर्न समय नै नदिई निरंकुश शैलीमा महाधिवशेन चलाईरहेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बन्दशत्रमा उठेका प्रश्नहरुको जवाफ आजै दिने गरी कार्यतालिका बनाएका छन् ।

यधपी एमालेमा देखिएका अन्तरविरोधले पार्टी एकताबद्द भएको बताएपनि भित्रभित्र मक्किएको देखिएको छ । खासगरी आन्तरिक लोकतन्त्रलाई निषेध गरेका ओलीले पूर्व राष्ट्रपति विधा भण्डारीलाई पार्टीमा सक्रिय राजनीति गर्न रोक लगाउने गरी सदस्यता नविकरणमा रोक लगाएपछि विवाद चुलिएको छ ।

विवादका बीच ओलीले भण्डारीको सदस्यता नविकरण विधान महाधिवेशनमा छलफल नहुने बताएपनि प्रतिनिधिहरुले विवाद नमिलाएर मिसन ०८४ असफल हुने बताएका छन् । पार्टीभित्र विधा भण्डारीको सदस्यता नविकरण रोक लगाउने देखि उमेर हद र २ कार्यकाल कार्यकारीको ब्यवस्था हुनुपर्ने विषयमा विवाद छ । जसकाकारण समुहगत छलफलपछि टोली नेता चयन गर्न पनि एमालेभित्र महाभारत नै परेको छ । गण्डी प्रदेशको टोली नेता चयनमा झण्डै हात हालाहालकै स्थिती निम्तेको एमाले नेताहरुको भनाई छ ।

अन्ततः गण्डकीमा मीन गुरुङ टोली नेता बनेका छन् । गण्डकीमा टोली नेता चयनमा उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र गण्डकी इन्चार्ज किरण गुरुङ तथा स्थायी समिति सदस्य खगराज अधिकारी पक्षबिच विवाद भएर झन्डै हात हालाहालकै अवस्था सिर्जना भएको थियो । अधिकारी पक्षले पदम गिरी र पृथ्वीसुब्बा पक्षले मीन गुरुङको नाम अगाडि सारेकोमा अन्तिममा गुरुङ सर्वसम्मत चुनिएका हुन् । स्थायी समिति सदस्य अधिकारीले पूर्वराष्ट्रपति विद्या कुनै हालतमा राजनीतिमा आउन नहुने भन्दै मत राखेका छन् ।

गुरुङ ओली नेतृत्वको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री भएका कारण उनले पक्ष विपक्ष कतै खुलेका छैनन । सोही कारण गण्डकीमा धेरै जसो नेता हरु मौन बसेका छन् । बाकी छानिएका ७ मध्ये तीन टोली नेता ओली र ३ टोली नेता विद्या भण्डारीको पक्षका नेताहरु चयन भएका छन् । केह ीभने कतै नखुली तटस्थ बसेका नेताहरु टोली नेता बनेका छन् ।

छलफलका क्रममा १० मध्ये कोशीमा प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मधेशबाट प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, बागमतीबाट प्रदेश अध्यक्ष कैलाश ढुंगेल, गण्डकीबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ टोली नेता चयन भएका छन् । त्यस्तै, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट प्रदेश अध्यक्ष गुलावजंग शाह र सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी टोली नेता चयन भएका छन् । उनीहरूमध्ये खतिवडा, श्रेष्ठ र शाह ओली पक्षका नेताका रुपमा चिनिन्छन् । तर, ढुंगेल, गुरुङ र कँडेल भण्डारीसँग निकट र नरम मानिन्छन् भने जैसी तटस्थजस्तै छन् । ओली पक्षमा रहेका शाह महासचिव शंकर पोखरेलसँग मात्र निकट छन् । बाँकी तीन समूहमा विवादकै कारण टोली नेता चयनमा सकस भएको छ ।

पूर्व माओवादीहरु विद्यातिर खुले

एमाले माओवादीको एकतापछि बनेको नेकपा विभाजन पछि एमालेतिर रहेका पूर्व माओवादीहरु भने विद्या भण्डारीतिर नजिक भएर खुलेका छन् । धेरैजसो चुपचाप मौन बस्दै आएका उपाध्यक्ष रामवहादुर थापा (बादल) १९ गतेको पार्टी सचिवालय बैठकयता भण्डारीको पक्षमा खुलेका छन् । उनले भण्डारीलाई राजनीतिमा रोक लगाउने कुरा संविधानतः नरोकिएको भन्दै भण्डारीको पक्षमा आफुलाई उम्भाएका थिए ।

शनिबार फरक मत राखेका स्थायी समिति सदस्य कर्ण थापालाई फरक मत राख्न नदिने ओलीको शैलीको पनि उनले विरोध जनाएका थिए । थापालाई बोल्न दिनुपर्ने मत रामवहादुर थापा (बादल)को थियो ।

यधपी, उनले ओलीलाई पनि चिढाईहालेका भने छैनन । मौका हेरेर अहिले भण्डारीको पक्षजस्तो देखिएका थापा ओलीसँगको कुनै राजनीतिक लेनदेनमा रहेको हुनसक्ने आशंका एमालेवृत्तमा छ । तर पूर्व माओवादीका तर्फबाट जति पनि एमाले विधान महाधिवशेनका प्रतिनिधि छन्, पा्रयाले भण्डारीको पक्षमा खुलेर मत राखेको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस