काठमाडौ । गोरखाको पालुङटार नगरपालिका उपाध्यक्ष तथा नेसपा नेतृ सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।
जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई सोमबार पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताइन् । उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
अध्यक्ष प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नुका साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन