चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बजेटमा सरकारले विभेद गरेको बताएका छन् । चितवनमा आफनै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले चितवन मात्र होइन, अन्यत्र पनि सरकारले राम्रा आयोजनाहरुका बजेट कटौती गरेर विभेद गरिएको बताएका हुन् ।
चितवनको बजेटमा सरकारले विभेद गरेको छ । चितवन प्रचण्डको जिल्ला भएकोले, भरतपुरमा रेनु दाहाल सफल मेयरमध्येमा परेकोले बजेटमा विभेद गरेको हो ? प्रचण्डले प्रश्न गदै भने, यहाँ (चितवन) मात्र होइन, अन्यत्र पनि त्यस्तै भएको छ । राम्रा र फाइदाजनक आयोजनाका बजेट हटाइएको छ । तर आफनालाई फाइदा हुनेमा मात्र बजेट पारिएको छ ।
प्रचण्डले आफुले संसदमा यसबारेमा प्रष्टसँग कुरा उठाउने बताएका छन् । ‘म यसबारेमा सदनमा पनि प्रष्टसँग कुरा उठाउने छु । गहिरो गरी अध्ययन गर्नुस् त चितवन देखि अन्यत्रका बजेटमा पनि विभेद छ ।’
देशभित्र जहाँ उठेपनि चुनाव जित्छु
प्रचण्डले अहिले देशका जुनकुनै स्थानमा पनि आफुले चुनाव जित्ने पनि बताएका छन् । गोरखामा मात्र होइन, अहिले आफु जाहा गएपनि तपाई यहाँ आएर चुनाव लडिदिनुपरयो भन्ने जनता देखेको भन्दै प्रचण्डले आफुले जहाँ गएपनि चुनाव जित्नलाई अब समस्या नरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड