काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट तथा दिगो र समावेशी वित्त परियोजनाका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि क्रमशः ४० मिलियन र ५० मिलियन अमेरिकी डलर गरी ९० मिलियन डलर ऋण लिने निर्णय गरिएको हो ।
त्यसै गरी दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी
इराकमा कार्यरत नेपालीलाई अभिलेखमा ल्याउन श्रम स्वीकृति दिने सरकारको निर्णय
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी