डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०८२, १६ : ५४
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त

काठमाडौँ । सरकारले डा. नारायण दत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो । यससँगै कँडेलले फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्नेछन् । 

साथै, सरकारवादी हुने सबै मुद्दामा बहस र पैरवीको नेतृत्व गर्ने जिम्मेवारी पनि उनकै रहनेछ ।

प्रतिक्रिया दिनुहोस