काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सम्पन्न निर्वाचनबाट आएको परिणामलाई सकारात्मक रूपमा लिएको बताएका छन्।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नयाँ संवैधानिक व्यवस्थाभित्र सम्पन्न निर्वाचन प्रक्रियाप्रति सन्तोष व्यक्त गरे।
दाहालले बहुमत प्राप्त गरी सरकार गठनको प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीसहित सम्बन्धित पक्षलाई बधाई तथा शुभकामना दिएका छन्। उनले शान्तिपूर्ण रूपमा संवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक पक्ष भएको उल्लेख गरे।
उनले सरकारका जनहितमुखी तथा रचनात्मक कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्याए।
वामपन्थी शक्तिहरूले अपेक्षित परिणाम हासिल गर्न नसकेको सन्दर्भमा उनले गणतान्त्रिक प्रणालीभित्र प्राप्त कुनै पनि पक्षको विजयलाई समग्र प्रणालीकै सफलताका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे। साथै, यस्तो परिणामलाई आफूले पनि सकारात्मक रूपमा ग्रहण गर्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’