काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दल नेता छान्न सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा निर्वाचन समिति बनाउने तयारी गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने अन्य पाँच दल रास्वपा, एमाले, नेकपा, श्रम सस्कृति र राप्रपाले दल नेता चयन गरिसक्दा समेत प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।
संसदमा प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसको दल नेता संवैधानिक परिषद्को सदस्य समेत हुनेछन् । सोहीकारण पनि दल नेता बन्न कांग्रेसमा नेताहरुका बीचमा हानथाप छ । दल नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदाम्बे, निश्कल राई, मोहन आचार्य, भरतबहादुर खड्का लगायतका नेताहरु आकांक्षी देखिएका छन् ।
तर कांग्रेसले कसलाई दल नेता बनाउँछ ? भन्ने टुंगो लागेको छैन । कांग्रेसका देउवा पक्षका नेताहरुले पनि दल नेतामा आफनो दावी नछोडने र चुनावमा उम्मेदवार नै खडा गर्ने भित्री तयारी गरिहरेका छन् । त्यसका लागि उनीहरुले केही दिन अगाडी प्रतिनिधिसभाका र राष्टिय सभाका नवनिर्वाचित सांसदहरुको सम्मान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कांग्रेसका प्रतिनिधिसभाका ३८ सांसदमध्ये ११ सांसद सहभागी भएका थिए ।
देउवा पक्षले अहिले कांग्रेसको आधिकारिकता विशेष महाधिवेशन पक्षधर कार्यसमितिसाग रहेकोले कांग्रेसमा संसदमा निर्वाचित सांसदहरु उता बढी देखिएपनि आज आइतबारको अदालतको आदेश आफनो पक्षमा आउने र फेरि आफुहरुसँगै सांसदहरुको संख्या बढी हुने विश्वासमा देउवा पक्ष छ ।
देउवा पक्षले सुरुमा भीष्मराज आङदाम्बेलाई आफनो तर्फबाट दल नेतामा अगाडी सार्ने भित्री तयारी गरेको थियो । तर आङदाम्बे गगन पक्षमा खुलेपछि देउवा पक्ष अप्ठ्यारोमा परेको छ । र नयाँ उम्मेदवार कसलाई बनाउने भन्नेमा आन्तरिक छलफलमा छ । विशेष महाधिवेशन पक्षधरमा अर्जुननरसिंह केसी, भीष्मराज आङदाम्बे, निश्कल राई लगायत नेताहरु आकांक्षी छन् । त्यही असन्तुष्टिमा खेलेर दल नेता आफनो टिमको जिताउने रणनीतिमा देउवा पक्षधर नेताहरु जुटेका छन् ।
कांग्रेसले दल नेताको निर्वाचन गराउनका लागि पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने भित्री तयारी गरेको छ । उक्त समिति सदस्यमा मुना भुषाल र राजु कटुवाल रहने गरी निर्वाचन समिति बनाउने तयारी गरेको छ ।
कांग्रेसका पदाधिकारीहरुका बीचमा भएको अनौपचारिक छलफलले यो निर्णय लिईसकेको छ । तर त्यसलाई निर्णय गरेर सार्वजनिक भने गरिसकेको छैन । यसका लागि आज बेलुकीसम्म निर्णय लिने तयारीमा कांग्रेस रहेको छ । त्यसो भए निर्वाचन समितिले बैठक बसेर कार्यतालिका बनाउने र दल नेता चयन गर्ने तयारीमा कांग्रेस छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने
काँग्रेस संसदीय दलको बैठक बस्दै