चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बलेरो एकापसमा ठक्कर खाँदा पछाडिबाट आउँदै गरेको बा प्र. ०३–००१ ह २५४८ नम्बरको अटोसमेत बलेरोको पछाडि ठोक्किएको थियो ।
घाइतेमध्ये बसमा सवार १४ जना र एक जना अटोचालक रहेका छन् । उनीहरुमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ चैत्र २०८२, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे