काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आगामी ६ महिनाभित्र पार्टीको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको पहिलो बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गर्न ६ महिने समयसीमासहितको १० बुँदे ठोस कार्ययोजना प्रस्ताव गरेका हुन् ।
त्यसका लागि अबको एक महिनाभित्रै स्थानीय तहसम्मको सङ्गठन समायोजन गर्ने र तीन महिनाभित्र सबै वडाहरूमा सङ्गठन निर्माण गरिसक्ने उनको प्रस्ताव छ । सङ्गठनलाई गतिशील बनाउन आगामी तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला हुँदै प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरेर छैटौँ महिनामा राष्ट्रिय महाधिवेशन गर्ने प्रचण्डको कार्ययोजनामा उल्लेख छ ।
यस प्रस्तावमाथि आगामी चैत २३ गतेदेखि पार्टीमा निरन्तर छलफल हुने र त्यसपछि प्राप्त सुझावका आधारमा ठोस निर्णय गरी कार्यान्वयनको चरणमा लगिने पार्टी स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने