काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो निर्वाचनमा आफ्नो दलले अपेक्षाकृत कम सिट प्राप्त गरे पनि उठाइएका राजनीतिक एजेन्डाले सफलता हासिल गरेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतका आन्दोलन र संघर्षमार्फत महिला तथा उत्पीडित समुदायका अधिकार सुनिश्चित भएको दाबी गरे। उनका अनुसार जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया तथा संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा आफ्नो नेतृत्वको भूमिका निर्णायक रहेको छ।
उनले वर्तमान सरकारप्रति पनि सहयोगात्मक धारणा व्यक्त गर्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई रचनात्मक ढंगले साथ दिने बताएका छन्।
पूर्वप्रधानमन्त्रीहरूको प्रतिनिधित्वका सन्दर्भमा अहिले आफू मात्रै प्रतिनिधिसभामा रहेको उल्लेख गर्दै उनले यस अवस्थालाई चुनौतीसँगै अवसरका रूपमा लिएको बताए। संसद्भित्र सुशासन सुदृढीकरण र व्यवस्थाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड