लुम्बिनी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्याउदै आएको बताएका छन् ।
नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण उनले गराए ।
नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए ।
उनले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताउँदै यस कार्यमा अवकाश प्राप्त भूतपूर्व सैनिकहरूको महत्त्वपूर्ण योगदान रहेको आफूले अनुभूत गरेको उल्लेख गरे ।
“हामीसँग हाम्रा वीर पुर्खाहरूले गर्नुभएको त्याग, तपस्या, बलिदान, कर्तव्यपरायणता र अटल राष्ट्रभक्तिले त्यति नै जीवन्त र गर्विलो इतिहास सार्थी छ”, उनले भने, “सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीतल निवास छिरे प्रधान सेनापति सिग्देल