काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.३८ अंक घट्यो । सो गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भयो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ र्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।
२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् । बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटे । उत्पादन समूह १ अंकमुनि हरियो रह्यो ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युतको ४.३३, र विन्ध्यबासिनी हाइड्रोपावरको २.७० प्रतिशत बढ्यो । बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार