काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार भएकोमा आज २३ अर्ब ५९ करोडको भयो । यो कारोबार रकम पनि गत साउन ११ गतेयताकै उच्च हो ।
१८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेक सबै समूहका सूचक बढे । व्यापार समूह ०.११ प्रतिशत घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढ्यो ।
बैंकिङ २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३, होटल तथा पर्यटन ३.०५, हाइड्रोपावर ०.३३, लगानी ०.७७, जीवन बीमा २.००, उत्पादन तथा प्रशोधन १.९३, निर्जीवन बीमा २.७२ तथा अन्य समूह १.७१ प्रतिशत बढे ।
१० कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्त छन् ।
सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । त्यस्तै आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप र हिमाल दोलखा हाइड्रोपावर छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०८२, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार