काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद मुद्दामा आजै फैसला सुनाउने तयारी गरिएको छ । शुक्रबार रिटको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतको संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु मुद्दाको फैसला सुनाउने तयारी गरेका छन् ।
यदि आज विस्तृत फैसला नआए पनि संक्षिप्त आदेश आउने बताइएको छ । तर, सबै न्यायाधीशहरु एकजुट भएकाले पूर्ण आदेश नै आउने पनि भनिएको छ । गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ शुक्रबार सकिएको छ । यसअघि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबार नै गृहमन्त्री लामिछानेको मुद्दासम्बन्धी फैसला हुने तयारी भएपछि अहिले सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले अदालत परिसरमा सुरक्षाकर्मी सुरक्षाका लागि तैनाथ रहेका छन् ।
यस्तै, अदालत परिसरमा सञ्चारकर्मीदेखि सर्वसाधरणको पनि उत्तिकै भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने
वारेसमार्फत मुद्दा लड्न रवि लामिछानेले पाए अनुमति
प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला: रवि लामिछाने
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
पर्सा अदालत पुगेर रवि लामिछानेले बुझे तारेख
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे