काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभाको नियमावली मस्यौदा बनाउन २१ सदस्यीय समिति गठन गरेको छ । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल र महेश बर्तौला रहेका हुन् ।
त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
प्रतिनिधि सभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबार दिउँसाे बसेको प्रतिनिधि सभा बैठकले सर्वसम्मतले पारित गरेको छ । यो समितिलाई १५ दिनको समय तोकिएको र समितिको सभापति समितिले चयन गर्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु