काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणाम समेटिएको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको छ।
आइतबार आयोगका पदाधिकारीहरू बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन बुझाउन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्त डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउत सहभागी थिए।
उक्त अवसरमा सरकारका विभिन्न मन्त्रीहरू, विशेष गरी गृह र कानुन क्षेत्रसँग सम्बन्धित मन्त्रीहरूको उपस्थिति रहेको थियो। निर्वाचनसम्बन्धी आधिकारिक प्रतिवेदन सरकारलाई बुझाइएसँगै निर्वाचनपछिको संवैधानिक तथा प्रशासनिक प्रक्रियाले औपचारिकता पाएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०८२, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित